Skip to main content

Posts

नागरिकता

Tweet लाग्छ नागरिकता रूपी यो कागतको खोस्टो च्यातिदिउँ र, जलाइदिउँ त्यसका टुक्राहरुलाई सिंहदरबारको गेटमा लगेर सर्वोच्च अदालतको बेञ्चमा लगेर।
Recent posts

बाग्मती

Tweet विष्णु पोखरेल कपाल फुलेर सेतो बनेझैँ हिउ फुलेर सगरमाथा कालो बनेका बेला छेउमा आएर भन्छौँ– ‘बाग्मती दुर्गन्धित भयो, सफा गर्न जाऔँ ।’ एक मनले सोच्छु– ‘ठिकै भन्दैछौँ बाग्मती सफा गर्नु  धुलाम्मे बनेको सभ्यताको एउटा पुस्तक टक्टक्याउनु हो, भूँइचालोले भत्काएको भग्नावशेषबाट एकजोडी घाइते प्रेमिलाई अंकमाल गरिरहकै अवस्थामा उद्दार गर्नु हो ।’ हुर्कदै गरेको बाख्राको पाठोझैँ चुलबुल गरिरहने मन स्थिर हुन कहाँ सक्छ र ? अर्को मनले भन्छ– ‘पख, पख बाग्मतीमा अहिले पानी होइन ढल बग्छ, सुगन्ध होइन, दुर्गन्ध फैलन्छ पक्कै तलाई पत्तो नहोला अचेल त्यहाँ सभ्यता होइन सत्ता र सत्ताको छायाँ सँगसँगै बग्दछ ।’

जनयुद्ध

Tweet विष्णु पोखरेल  महिनौँ समुद्र उम्लेर आकाशमा उडेको बादल मनसुन आगमनले हिउँ, पानी र असिना बनेर एकैसाथ झर्दै गर्दा खोज्दै थियौ तिमी हत्केलाले बादल छेक्न । वर्षौँ पहिले तिम्रा गुरुले रोपेको वर्गरहित मुलुकरुपी वर–पिपल साइबेरियाको सिरेटोले खाएर हरिया जरामा धमिरा लाग्दै गर्दा रोप्दैँ थियौ तिमी मेरा मुलुकमा ‘डेट एक्पायर’ सपनाका बीऊ । फाटेका मनहरू जोड्ने आकांक्षाले वर्गहितका लागि खडा गरिएको बर्लिन पर्खाल ढल्दैगर्दा मेरा गाउँमा तिमी लगाउँदै थियौ जातियाता र क्षेत्रियताका अग्ला पर्खालहरू । संसारभर तिम्रा दार्शनिक गुरुका धर्मग्रन्थहरू जल्दैगर्दा बाल्दै थियौ तिमी मेरा पाठशालामा नैतिक शिक्षाका पाठ्यपुस्तकहरू । ‘डिजिटल डिभाइस’मा बालबालिकाले ‘भर्चुअल क्लास’ लिने युगमा खोल्दै थियौ गाउँ–गाउँमा ‘दुस्मन’ र ‘मित्र’ शक्तिका पाठ पढाउने कम्युनहरू ।

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थाहा

ढुङ्गाको हतियार बोक्ने विद्रोही

Tweet १६ औ शताब्दीको अन्त्यतिर मुगलले कश्मिरमा कब्जा जमाए । तिनले श्रीनगरको पहाडमा किल्ला बनाए । कश्मीरमा एउटा किंवदन्ती प्रचलित छ– ‘जब मुगल सैनिक चुचुरोबाट तलतिर झर्थे तिनले आक्रोशित कश्मीरी युवाका हातबाट ढुङ्गाको स्वागत पाउथे । भिन्न–भिन्न समूहमा छरिएका युवाले ढुङ्गा वर्षाउदै मुगल सेनालाई हायलकायल पार्थे । त्यसैले ती युवाले उपाधी पाएका थिए–दिलवार अर्थात बहादुर ।’  चार शताब्दीपछि त्यही आदिम ढुङ्गे हतियार अर्को पुस्ताका आक्रोशित कश्मीरी युवाको रोजाई र जीवनको अभिन्न अंग बनेको छ । तिनीहरु भन्छन्– उनीहरु ढुङ्गे हतियारमार्फत स्वतन्त्रताको झिल्का बालिरहेका छन् । संयोग नै मान्नुपर्छ ४ सय ३० वर्षपछि पनि नवहट्टा ढुङ्गे हतियार प्रदर्शनको केन्द्र बनिरहेको छ, जहाँ इतिहासको कुनै कालखण्डमा युवा कश्मीरीले मुगल सेनालाई ढुङ्गा हान्दै धपाउथे ।  ढुङ्गामुढाको श्रृङ्खला श्रीनगरको डाउनटाउनमा सीमित छैन । गाँउ–सहर हुदै यो मुसलमान बहुल जम्मुको चेनाव उपत्यकासम्म फैलिएको छ । सन् २००८ को अमरनाथ गुठीमा वनक्षेत्र सार्ने निर्णयपछि बढ्न थालेको ढुङ्गामुढा श्रृङ्खला २०१० को आन्दोलनपछि अझै बढ्यो । त्यसपछिका

सुख्खा बन्दरगाह र प्रदर्शनी स्थलमा विश्व बैंकको लगानी

Tweet राजधानी नजिकै चोभारमा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउन विश्व बैंकले लगानी गर्ने भएको छ। पहिले हिमाल सिमेन्ट कारखाना रहेको जग्गामा एकीकृत रूपमा सुख्खा बन्दरगाह र प्रदर्शनी स्थल बनाउन विश्व बैंक तयार भएको हो। ‘विश्व बैंकले सहुलियत दरको ऋण दिने सैद्धान्तिक सहमति भइसकेको छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले भने, ‘लगानी निश्चित भएपछि हामीले गुरुयोजना बनाउन परामर्शदातालाई जिम्मा दिएका छौं।’ विश्व बैंकले सुख्खा बन्दरगाहका लागि करिब १ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको रकम दिइसकेको छ भने प्रदर्शनी स्थल निर्माणको लागत पनि बेहोर्ने सहमति जनाएको छ।  विश्व बैंकले लगानी गर्ने निश्चित भएपछि बोलपत्रमार्फत छानिएको फुलब्राइट कन्सल्टेन्सी प्रालिले दुवै परियोजनाको गुरुयोजना बनाइरहेको छ। ‘गुरुयोजना बनाएपछि हामी बैंकसँग थप छलफल गरी प्रदर्शनी स्थलका लागि समेत रकम प्रस्ताव गर्नेछौं,’ उनले भने, ‘त्यसपछि विस्तृत अध्ययन गराएर निर्माण सुरु गरिनेछ।’  समितिले आगामी पुस सम्ममा गुरुयोजना तयार भइसक्ने अनुमान गरेको छ। ‘सुख्खा